काँकरभिट्टास्थित अरुणोदय माविले स्कुल क्याप्टेन छनौटका लागि बिद्यार्थीहरु बीच मतदान नै गरेको छ । शैक्षिक शत्र २०७६ का लागि बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेन पदका लागि मंलगबार निर्वाचन सम्पन्न भएको हो ।

 

निर्वाचनमा बिद्यालयका कक्षा ३ देखी कक्षा १० सम्मका २०० बढि बिद्यार्थीले मतदान गरेका थिए । बिद्यार्थीमा प्रजातान्त्रिक पद्धतीको विकास गराउदैं बिद्यालय शिक्षा हासिल गरिसकेपछि समेत ब्ययबहारिक ज्ञान प्रदान गर्नका निमित्त बिद्यालयमा निर्वाचन मार्फत क्याप्टेनको छनौट गर्न निर्वाचनको आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुईटेलले जानकारी दिनुभयो ।

निवार्चनलाई  ब्यवस्थित रुपमा सम्पन्न गर्न निर्वाचन समितीको समेत गठन गरिएको थियो । त्यस्तै निर्वाचन प्रयोजनका लागि मतपत्र, ब्यवस्थित मतदान स्थल र मतदान गरि सके पछि मतपत्रलाई सुरक्षित रुपमा संकलन गर्न मतपेटिकाको समेत ब्यस्था गरिएको  थियो ।

निर्वाचनमा मतदान पश्चात मंगलबार नै मतगणना  समेत सम्पन्न गरिएको छ । जसमा क्याप्टेन तर्फ पुजा पाण्डे र भाइस क्याप्टेनमा छात्रा तर्फ प्रिति खवास र छात्र तर्फ आर्यन गुरुङ्ग निर्वाचित भएको  निर्वाचन अधिकृतको रुपमा रहनु भएका बिद्यालयका शिक्षक कृष्णप्रसाद पोखरेलले जानकारि दिनुभयो ।

निर्वाचन कार्यक्रममा बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष भगिरथ राई, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार पराजुली, रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला,  बिद्यालयका बरिष्ठ शिक्षक पर्शुराम रिजाल, तथा अभिभावकहरुको समेत उपस्थिति रहेको बिद्यालयका सहायक प्रध्यानाध्यापक जीआर धितालले जानकारी दिनुभयो ।

Leave a Reply

Menu