काँकरभिट्टामा सञ्चालित दोस्रो वडा अध्यक्ष कप अन्तर मा. वि.खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । फुटबल तर्फको फाईनल खेलको समापन संगै प्रतियोगिता सम्पन्न भएको हो ।


प्रतियोगिता अन्तरगत फुटबल तथा क्रिकेट तर्फको उपाधि अरुणोदय माविले जितेको छ । आज भएको फुटबल तर्फ फाइनल खेलमा नर्थ प्वाइन्ट मावि काँकरभिट्टालाई २–१ गोल अन्तरले पराजित गर्दै अरुणोदयले उपाधि जितेको हो । नर्थ प्वाइन्टका लागि सन्तोष मेचे, अरुणेदयका लागि कुमार मगर र सञ्जित सरदारले गोल गरे । खेलको बेष्ट मिल्डफिल्डर, बेष्ट डिफेन्स, बेष्ट किपर,  अरुणोदयका क्रमशः किसन सरदार, सोहन सुब्बा, असिम तिम्सिना घोषत भए । त्यस्तै  प्लेयर अफ दि टुर्नामेन्ट  नर्थ प्वाइन्टका सन्तोस मोते, तथा  बेष्ट कोच अरुणोदयका लाक्पा तामाङ घोषित भए ।


त्यस्तै छात्रा क्रिकेट तर्फ अरुणोदयले तारापुञ्जलाई ५ विकेटले पराजित गरेको छ । तारापुञ्ज माविले पहिला ब्याटिङ गर्दै दिएको ७० रनको लक्ष्य अरुणोदयले ५ विकेटको समाप्ति संगै ८ ओभरमा पुरा ग¥यो ।  प्रतियोगिता अन्तरगत बेष्ट बलर तारापुञ्जकी निशा उप्रेती घोषत भइन , त्यस्तै राइजिङ प्लेयर, उमेन्स अफ दि सिरिज, तथा प्लेयर अफ दि टुर्नामेन्टको उपाधि अरुणेदयकी प्रज्ञा कटुवालले जितिन् ।  त्यस्तै कराते तर्फ ३ वटा गोल्ड मेडल सहित अरुणेदय मावि दोस्रो  भएकोछ ।
विजेतालाई समापन समारोहको अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष ललित तामाङ्ग, बिशेष अतिथि मेचीनगर नगरपालिका कार्यापालिका सदस्य लक्ष्मि पाख्रीन, लगायतले पुरस्कार बितरण गर्नुभएको थिए । मेचीनगर वडा नं ६ का खेल संयोजक देवी प्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा अध्यक्ष कपका संयोजक चिरिञ्जिवि सुब्बा र  सञ्चालन जीआर धिताल र तिलक तामाङ्गले गर्नुभएको थियो ।

Leave a Reply

Menu