Class - 7 (2077-03-31)

Nepali

  • तलको गद्यांश राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर देऊः प्राचीन गुरुकुलीय शिक्षापद्धतिमा लिखित परीक्षा हुँदैनथ्यो । गुरुबाट ग्रहण गरेको शिक्षालाई चिन्तनमनन् गरी सभा ,समारोह, बैठक आदिमा आफूले जानेको ज्ञानलाई मौखिक अभिव्यक्तिद्धारा प्रस्तुत गरिन्थ्यो । व्यक्तिको बोल्ने कला, तर्कशक्ति, अनुशासन, चरित्रजस्ता विषयलाई हेरेर कक्षाउत्तीर्ण भएको मानिन्थ्यो । त्यस्ता विद्यार्थीहरु समाजमा गएर शिक्षा प्रचार गर्थे । वेद, दर्शन, ज्योतिष, नीतिशास्त्र, व्याकरण, न्याय, पुराण, कर्मकाण्ड, धर्मशास्त्र, तर्कशास्त्रजस्ता विषयहरु पढाइन्थे । विद्यार्थीको रुचिअनुसार जुन विषय मन लाग्छ, त्यही पढ्थे । सक्षम विद्यार्थीहरु सबै विषयमा पोख्त हुन्थे । कतिपय ठाउँमा आज पनि गुरुकुलीय शिक्षापद्धतिका आधारमा पढाइ हुन्छ ।

प्रश्नहरुः

क.  प्राचीन गुरुकुलीय शिक्षापद्धतिमा विद्यार्थीको परीक्षा कसरी लिइन्थ्यो ?

ख. त्यस्ता विद्यार्थी उत्तीर्ण भएर के गर्थे ?

ग. त्यस समयमा कुन कुन विषय पढाइ हुन्थे ? घ गुरुकुलीय शिक्षा र अहिलेको शिक्षामा के अन्तर छ ?

ङ.  ‘प्राचीन’ र ‘मौखिक’ शब्दको अर्थ लेख ।

Leave a Reply

Menu