Class - 7 (2077-03-24)

Nepali

तलको गद्यांश राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर देऊः प्रकृतिले मानिसलाई सुखी दुःखी बनाउन सक्छ । फूल, हिमाल, वन, झरना, नदी आदिले मानिसको मनलाई शान्त पार्छन् । शान्तिले खुसी निम्त्याउँछ । बाढी, पहिरो, खडेरी, आँधीहुरी आदिले समस्या सिर्जना गर्छन् । समस्यासँग शान्ति डराउँछ । समस्याले दुःखलाई जन्म दिन्छ । समस्यासँग जुध्न नसके हामीले उद्देश्य प्राप्त गर्न सक्दैनौँ । मानवीय समस्यासँग जुध्न चेतना चाहिन्छ । प्राकृतिक समस्याको समाधान गर्न प्रकृतिकै उपयोग गर्नुपर्छ । प्रकृतिको रुप बिग्रन नदिए समस्या सिर्जना नै हुँदैन । प्रकृति र मानव नङ र मासुजस्तै हुन् । प्रकृतिबिना मानव रहँदैन । मान्छेले नै प्रकृतिको संरक्षण गर्न सक्छ । मान्छे आफू र अरुलाई बचाउन सक्ने प्रकृति पनि हो ।


  • प्रश्नहरुः

क.  प्रकृतिले के के गर्न सक्छ ?

ख . प्रकृतिले मानिसलाई कसरी सुख शान्ति दिन्छ ?

ग . समस्यासँग जुध्न नसके के हुन्छ ?

घ . प्राकृतिक समस्याको समाधान गर्न के गर्नु पर्ला ?

ङ.   प्रकृति र मानववीच कस्तो सम्बन्ध रहेको छ ?

Leave a Reply

Menu