Class - 7 (2077-03-17)

Nepali

  • तलको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर देऊः
    प्रकृतिलाई सुन्दर राख्न र भविष्यसम्म बचाउन माटो पानी र हावा स्वच्छ राख्नुपर्छ । खेतीपातीका क्रममा रसायनिक मलको धेरै प्रयोगले माटो बिग्रन्छ । नदीनालामा जथाभावी फोहोर फाल्दा पानीमा प्रदूषण हुन्छ । उद्योगबाट निस्कने खराब धुवाँले हावा दूषित हुन्छ । हावा, पानी र माटो दूषित भए यसको असर जीवजन्तु र वनस्पतिमा पर्छ । वनस्पति मासिएमा भूक्षय हुन्छ । वनजंगलको जथाभावी फँडनीले पानीका स्रोतहरु सुक्छन् । पानी पर्न छाड्छ । अल्पबृष्टि, अनाबृष्टि र अतिबृष्टि हुन्छ । कहिलेकाहीँ बाढीपहिरो आउँछ । यी सबैले विनाश निम्त्याउँछन् । पशुपक्षी र विरुवा नासिए भने वातावरणीय सन्तुलन बिग्रन्छ । यसको प्रत्यक्ष असर हामी मानिसलाई पर्छ । हामीले मात्र प्रकृति बचाउन सक्छोँ । मानिस सर्वोच्च प्राणी हो । वातावरणमा सन्तुलन राख्ने जिम्मेवारी हामी मानिसकै हो ।

प्रश्नहरु

क. प्रकृतिलाई सुन्दर राख्न के गर्नुपर्छ रु
ख. माटो, नदी र हावा कसरी दूषित हुन्छन् रु
ग.  वनस्पतिको विनाश भयो भने के हुन्छ रु
घ.  प्रकृति र मानवबिचमा कस्तो सम्बन्ध छ रु
ङ . ‘प्रदूषण’ र ‘अतिबृष्टि’ शब्दको अर्थ लेख ।

Leave a Reply

Menu