Class - 7 (2077-02-21)

Nepali

  • तलको अनुच्छेद राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर देऊ।

साँझ पर्दै थियो। उकाली झन् झन् बढ्दै थियो। सात हजार फिट उचाइको महाभारत लेक अत्यन्तै चिसो
भइरहेको थियो। पानी बिर्बिराएर थप चिस्याइरहेको थियो लेकलाई। लेकाली ठिहीमा सिउसिउ गर्दै
हिँडिरहेको थिएँ म। छिम्काको लेकमा पुग्दा मास्तिर देखिएका सुन्दर हिमालहरु अझ कलात्मक र आकर्षक
देखिए। हिमाललाई कसैले सजाउनु नपर्ने , आफैँ सुन्दर छन् तिनीहरु । हामीले वातावरण सफासुग्घर
राखिदिए सधैं सुकिला देखिन्छन् हिमालहरु । गुरुङ र मगरका बस्ती थुप्रै रहेछन् त्यता। ती बस्तीले
अस्पताल खोजेका रहेछन्, बाटाघाटा चाहेका रहेछन् र पर्यटक पर्खेका रहेछन्।

 


प्रश्नहरुः
क.  महाभारत लेकको उचाइ कति रहेछ ?
ख . छिम्काको लेकबाट हिमालहरु कस्ता देखिन्थे ?
ग.  हिमालको विशेषता के हो ?
घ.  गुरुङ र मगर बस्तीमा के के को आवश्यकता रहेछ ?
ङ.  ‘अकर्षक्र’ र ‘पर्यटक’ शब्दको अर्थ लेख।

Leave a Reply

Menu