Class - 7 (2077-02-14)

Nepali

  • तलको अनुच्छेद राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर देऊ।

नेल्सन मन्डेला दक्षिण अफ्रिकाको ट्रान्स्कीमा सन् १९१८ मा जन्मिए। सामान्य किसान परिवारमा
जन्मिएका मन्डेला टेम्बु कबिला जातिका व्यक्ति हुन्। उनी जन्मिएको बखत दक्षिणअफ्रिकामा गोराहरुले राज्य गरिरहेका थिए। काला जातिमाथि गोराहरुले पशुलाई जस्तै तल्लो स्तरको व्यवहार गर्थे। काला जातिको देशमा गोराहरुको रजाइँ चलिरहेको थियो। सहरमा बसेर गोराहरु ठुला ठुला पदमा जागिर खान्थे भने कालाहरुलाई गाउँमा बसाउँथे र मजदुरी गराउँथे। गोराहरु प्राविधिक शिक्षा पढ्थे तर कालाले पढ्न पाउँदैनथे। गोराले कालालाई अभद्र व्यवहार गरी दुःख दिने गर्थे। यस्तो व्यवहार देखेर बालक नेल्सन दुःखी भए। आफ्नो देशमा आएर गोराले काला जातिलाई दास बनाएको कुरा नेल्सनलाई चित्त बुझेन। उनले गोराको शासनविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरे।


प्रश्नहरुः
क ) नेल्सन मन्डेलाको जन्म कहिले र कहाँ भएको थियो ?
ख ) काला जातिका मानिसमाथि गोरा जातिले कस्तो व्यवहार गर्थे ?
ग बालक नेल्सन किन दुःखी भए ?
घ नेल्सन मन्डेलाले किन गोराको शासनविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरे ?
ङ ‘अभद्र’ र ‘दास’ शब्दको अर्थ लेख।

Leave a Reply

Menu