Class - 6 (2077-04-26)

Nepali

तलको गद्यांश राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर देऊः इन्टरनेटको परिकल्पना सन् १९६३ तिर जेसीआर लिकलाइडरले गरे ।

उनी अमेरिकाको म्यसाच्युसेट्स इन्फर्मेसन टेक्नोलोजी (एमआइटी)मा कार्यरत थिए । प्रारम्भमा उनले विज्ञान तथा सेनासम्बन्धी जानकारी आदानप्रदान गर्नका लागि कम्प्युटर निकै उपयोगी हुन सक्छ भन्नेबारे सोचे । उनैले विश्वव्यापी सञ्जालसम्बन्धी कार्यलाई अगाडि बढाए । उनले यसको जिम्मा ‘डिफेन्स एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी’ नामक संस्थालाई लगाए । पछि लियोनार्ड क्लिनरले ‘युसिएलए प्याकेज स्विचिङ’ नामक सिद्धान्त तयार पारे । यो सिद्धान्त नै इन्टरनेट जोड्ने आधार बन्यो । यही प्रक्रियालाई लारेन्स रोबर्टले अगाडि बढाए । यसपछि सन् १९६५ मा टेलिफोनको लाइनको मद्धतबाट म्यासाच्युसेट्सको एउटा कम्प्युटरलाई क्यालिफोर्नियाको अर्को कम्प्युटरसँग जोड्न उनी सफल भए । क्लिनरले तयार पारेको प्याकेज स्विचिङ सिद्धान्तले कम्प्युटरहरुबिच सञ्जाल कायम गर्न सकिन्छ भन्ने प्रमाणित गर्यो । यही समयदेखि इन्टरनेटको सुरुआत भयो ।


प्रश्नहरुः

क इन्टरनेटको परिकल्पना कहिले र कसले गरे ?

ख प्रारम्भमा उनले कम्प्युटर के मा उपयोगी हुनेबारे सोचे ?

ग कुन सिद्धान्त इन्टरनेट जोड्ने आधार बन्यो ?

घ कुन समयदेखि इन्टरनेटको सुरुआत भयो ?

ङ ‘कार्यरत’ र ‘आधार’ शब्दका अर्थ लेख ।

Leave a Reply

Menu