Class - 6 (2077-04-19)

Nepali

तलको गद्यांश राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर देऊः

आफूले चाहेको बिषयको जानकारी दिलाउन सक्ने इन्टरनेट आजको अपरिहार्य साधन बनेको छ । यसले सरकारी तथा गैरसरकारी कामकाजलाई सहज बनाएको छ । इन्टरनेटबाट संसारभरिका समाचार पढ्न, पुस्तक पढ्न, चलचित्र र खेल हेर्न, खरिद गर्न, भुक्तानी दिन, रोजगारीको खोजी गर्न जस्ता कुनै पनि कारोबार गर्न सकिन्छ । इन्टरनेटका कारण विकसित र विकासोन्मुख राष्ट्र«को दैनिक व्यवहारमा सरलता आएको छ । सडक पुग्न नसकेका दुर्गम क्षेत्रका बासिन्दाले पनि विश्वका सबै सूचना र उपलब्धिका बारेमा जानकारी प्राप्त गर्न सकेका छन् । सूचना प्रविधिको यस क्रान्तिले मानवजीवनलाई सजिलो, छिटो र सकारात्मक बनाइदिएको छ । अहिले इन्टरनेटबिनाको विश्वको कल्पना गर्न सकिदैन ।


प्रश्नहरुः

क ) इन्टरनेट कस्तो साधन हो ?

ख) इन्टरनेटबाट कस्ता कस्ता काम गर्न सकिन्छ ?

ग) इन्टरनेटका कारण दुर्गम क्षेत्रका बासिन्दाले के कस्तो सुबिधा पाएका छन् ?

घ) सूचना प्रविधिको विकासले मानवजीवनलाई कस्तो बनाइदिएको छ ?

ङ) ‘दुर्गम’ र ‘उपलब्धि’ शब्दका अर्थ लेख ।

Leave a Reply

Menu