- तलको गद्यांश राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर देऊः एकदिन नदीको डिलमा बसेर पानी खान खोज्दा मौरीको पखेटा पानीमा भिज्यो । त्यसलाई उड्न असजिलो भयो । उड्न खाज्दाखोज्दै त्यसको खुट्टा चिप्लिएर नदीमा पर्यो । माथि रुखमा एउटा चरा बसिरहेको थियो । उसले मौरी पानीमा परेर अप्ठ्यारोमा परेको हेरिरहेको थियो । उसलाई मौरीको माया लाग्यो । उसले हतार हतार रुखको एउटा पात चुच्चोले चुँडाएर मौरीको छेउमा पानीमा खसाइदियो । बग्दै गरेको मौरी छिटो छिटो बग्दै गरेको पातमा चढ्यो । एक छिनपछि त्यसको भिजेको पखेटा ओभायो । त्यसपछि उसले उडेर ज्यान बचायो ।
प्रश्नहरुः
क. मौरीको पखेटा कसरी भिज्यो ?
ख. मौरी किन अप्ठ्यारोमा पर्यो ?
ग . चराले मौरीलाई कसरी सहयोग गर्यो ?
घ. मौरीले कसरी ज्यान जोगायो ?
ङ . यस कथाबाट के शिक्षा पाइन्छ ?