Class – 6 (2077-02-12)

Nepali

तलको गद्यांश पढेर सोधिएका प्रश्नको उत्तर लेखः


भूतप्रेत त अन्धविश्वास मात्र हो भन्ने कुरा मैले शिक्षकको मुखबाट सुनेको थिएँ। स्कुलमा सरले हामीलाई बारम्बार त्यही कुरा भन्नुहुन्थ्यो तर घरमा आमा र हजुरबा भने सरको बिचारसित सहमत हुनुहुन्थेन। घरमा पनि कहिलेकाहीँ छलफल र वादविवाद पथ्र्यो। तर फाँटको बाटो एकदुई मिनेट हिँडेपछि मलाई बिस्तारै डर लाग्न थाल्यो। यो त्यही ठाउँ थियो जहाँ केही वर्षअगाडि एउटा मजस्तै बालक चट्याङ परेर मरेको थियो। त्यसको आत्माले राति हिँड्ने यात्रुहरुलाई सताउँछ र मुटु कमजोर भएका मानिसहरु त मर्न पनि सक्छन् भनिन्थ्यो। यो कुरा सम्झिएपछि एक्कासि मेरो शरीर डरले फुल्न थाल्यो । मुटुको धड्कन पहिलेभन्दा बढी रफ्तारमा चल्न थाल्यो ।


प्रश्नहरु
क) सरले भूतप्रेतका बारेमा के भन्नुभएको थियो ?
ख) घरमा ककसको वादविवाद हुन्थ्यो ?
ग) फाँटमा एउटा बालक के भएर मरेको थियो ?
घ) फाँटमा पुगेपछि म पात्रलाई के भयो ?
ङ) ‘सहमत’ र ‘रफ्तार’ शब्दको अर्थ लेख ।


समाप्त

Leave a Reply

Menu