Class - 5 (2077-03-28)

Nepali

प्र.नं. तल दिइएको अनुच्छेद पढेर साेधिएका प्रश्नहरूकाे उत्तर देऊ :

मानिसको शरीरमा मात्र हाेइन मानसिकतामा पनि विभिन्न समस्याहरु देखिन्छन् । मानिसले मानिससँग गर्ने व्यवहारबाट उसमा मनसिक समस्या छ कि छैन भनेर थाहा पाउन सकिन्छ । मानिसको जीवनलाई खराब खानपानले मात्रै हाेइन खराब बानीव्यहाेराले पनि हानि गरिरहेको हुन्छ । झुटाे बाेल्ने र अरुको देखेर ईर्ष्या गर्ने मानिस खराब मानिस हाे । अरुको नराम्रो भएको देखेर खुसी हुने र अरुको राम्रो देखेर ईर्ष्या गर्ने बानी मानसिक समस्या हाे । यस्ता मानिसलाई कसैले पनि मन पराउँदैनन्। रिस पनि एउटा मानसिक समस्या हाे । रिस मानिसको शत्रु हाे । रिसले कसैलाई पनि फाइदा गर्दैन ।मनमा असल विचार लिन सकेमा रिसकाे भावना हट्छ । रिस उठिहाल्याे भने माैन रहनुपर्छ ।


  • प्रश्नहरू

क. मानिसका समस्याहरु केकेमा देखिन्छन् ?

ख. मानिसमा रहेको मानसिक समस्या केकसरी थाहा पाउन सकिन्छ ?

ग. मानिसलाई कुनकुन कुराले हानि गरिरहेकाे हुन्छ ?

घ. मानिसको शत्रु के हाे ?

ङ. रिस उठेमा के गर्नुपर्छ ?

Leave a Reply

Menu